काठमाडौं । केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन् ।
यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री सिवाकोटी भने तनावमा परेकी छिन् । सायद, त्यसैले पनि होला उनले सोमबार एक स्टाटस पोष्ट गर्दै समाचारको विषयमा आक्रोश व्यक्त गरेकी छन् ।
‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’, उनले भनेकी छिन्, ‘भिजिटर बढाउने नाममा यथार्थभन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बद्नाम बनाएको छ ।’
उनी थप्छिन् ‘कलाकार भन्दैमा जेपनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’