काठमाडौं । अब मन्त्री र सरकारका उच्चपदस्थ कर्मचारीले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।
“नेपाल सरकारका मन्त्रीहरू र अन्य उच्चपदस्थ कर्मचारीले अबउप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने,” बैठकको निर्णयमा उल्लेख छ ।

















