स्थायी कमिटी बैठकमा ओली पनि सहभागी

69

काठमाडौं- डबल नेकपाको सचिवालय बैठक सुरु भएको छ। अपराह्न १ बजेका लागि बोलाइएको बैठक तीन घण्टापछि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्। उनी अनुपस्थित भएकाले बैठक बसेकाे थिएन् ।

गत २१ र २८ गते बसेको स्थायी कमिटीको बैठककै निरन्तरता स्वरुप  आजको बैठक बस्न लागेको हो। अध्यद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल हुने कार्यसूची तय गरिएको थियो। तर, त्यसलाई ओलीले अस्वीकार गरेपछि बैठक बस्न सकेको थिएन।

आजै मात्र प्रचण्डले ओलीलाई दुई पटक भेटिसकेका छन्। त्यसैले उनी बैठकमा आउनुमा केही थप समझदारी भएको हुनसक्ने आकलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here