ब्राउन सुगर कारोबार गर्ने पाँच पक्राउ

135

काठमाडौं-लागु औषध (ब्राउन सुगर)को कारोबार गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने  रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगर छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनिहरुलाई त्रियुगा नगरपालिका–२  स्थित लुहाले खोलाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here