विप्लव नेकपाद्धारा शुक्रवार धौलागिरी बन्दको घोषणा

242

म्याग्दी – नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको  नेकपाद्धारा  म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को  अस्वाभाविक मृत्युप्रति ध्यानाकर्षण गराउदै आवश्यक छानवीनको माग गरिएको छ । छानवीन गरियोस् भन्दै दवाव स्वरुप भोलि पुष ३ गते धौलागिरी बन्दको आह्वान गरिएको छ ।

सो सम्बन्धमा नेकपाको धौलागिरी ब्यूरोद्धारा जारी गरिएको  विज्ञप्तीमा भनिएको छ —  राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारिरिक यातनाका कारण बिरामी भई उपचारकै क्रममा गएको गत मंसिर २५ गते मृत्यु छ । पर्वत जेल प्रशासनले राजवन्दीको स्वास्थ्य प्रति गम्भिर खेलबाड गर्दै उपचारको शिलशिलामा चरम लापर्वाही र गैरजिम्मेवारीपन देखिन्छ । गम्भिर प्रकृतिको बिरामीलाई अस्पतालमा छिटो लिएर उपचार गर्नुको अलावा कास्की कारागार बुझाउन खोज्नु, अस्पताल पु¥याई सकेपछि पनि समयमै उपचारको प्रक्रिया अगाडि नबढाउनु, उल्टै “विप्लव” को मान्छे भएकोले सिध्याई दिनुपर्छ भन्ने एकपक्ष, होइन राजवन्दीलाई वन्दीकै व्यवहार गर्नुपर्छ भन्ने विवाद भएको   देखिन्छ । यसका साथै राजवन्दीको स्वास्थ्यप्रति खेलबाड गर्ने र उपचार नगरी मृत्युको डिलमा पुयाउने कार्यप्रति हाम्रो पार्टी घोर भर्त्सना र खेद व्यक्त गर्दछ ।

क.  जगतको मृत्युको दुखद क्षणमा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै घटनाको बारेमा आवश्यक छानबिन र दोषी उपर कुनै कारबाही प्रक्रिया नचलाई शव बुझ्न परिवारलाई दिएको दबाब प्रति कडा भर्त्सना गर्दछौं ।

पर्वत जिल्ला प्रशाशनका सि.डि.ओ., डि.एस.पी. र जेलर लगायत उपचारमा संग्लनलाई पनि यस घटनाको विषयमा छानबिनको दायराभित्र राख्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं । कमरेड जगेन्द्र पुन “जगत” को मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्न र घटनाका दोषीलाई कार्वाहीमा सहयोग पुयाउन मानव अधिकार कर्मि, कानुनविद् र सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौं । उक्त सुनियोजित मृत्युको बिरोधमा यहि पौष ३ गते एक दिने धौलागिरी बन्दको आव्हान गर्दछौं । उक्त संघर्षको कार्यक्रमलाई सम्पुर्ण उद्योग व्यवसाय, यातायात, कलकारखाना, शिक्षण सस्था लगायत सम्पूर्ण संघ संस्था बन्द गरी सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं । पुनश्चः उचित छानबिन र दोषी उपर कारवाही नभएको खण्डमा थप संघर्षका कार्यक्रम गर्न वाध्य हुने जानकारी  यसै प्रेस विज्ञप्ती मार्फत गराइन्छ ।  विज्ञप्तीमा धौलागिरी ब्यूरो इन्चार्ज क. राजनको दस्तखत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here