भाेलिदेखि सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाइने

77

काठमाडौं – उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली  शुक्रबारबाट हटाइने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए।

केही दिनअघि यातायात मजदूर तथा यातायात व्यवसायीहरुले उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली नमान्ने भन्दै सीसीएमसीलगायतलाई ज्ञापनपत्र बुझाएको थियो। सरकारले काठमाडौं उपत्यकामा असोज १ देखि लागू हुनेगरी जोरबिजोर प्रणाली लगाएको थियो। लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here