विश्वभर काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुने १६ लाख ५५ हजार नाघ्यो,

147

काठमाडौं-काेराेना भाइरस (कोभिड-१९) काे  महामारी कारण का कारण विश्वभर १६ लाख ५५ हजार २२६ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार विश्वका ७ करोड ४५ लाख ३४ हजार १७५ जना कोरोना संक्रमित भेटिएका छन् ।यस्तै, ५ करोड २३ लाख ७२ हजार ५४६ जनाको उपचारपछि निको भएका छन् ।

विश्वककाे तथ्यांकमा कोरोना प्रभावित देशमा संयुक्त राज्य अमेरिका  बनेकाे छ । अमेरिकामा ३ लाख १४ हजार ५७७ जनाको मृत्यु भएको छ भने १ करोड ७३ लाख ९२ हजार ६१८ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ६६ हजार भन्दा बढी छ । ब्राजिलमा १ लाख ८३ हजार ८२२, भारतमा १ लाख ४४ हजार ४८७, स्पेनमा ४८ हजार ५९६, फ्रान्समा ५९ हजार ३६१, बेलायतमा ६५ हजार ५२० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा २ लाख ५० हजार ९१६ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १७४३ को मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here