दाहाल–नेपाल पक्षको भेला पेरिसडाँडामा

60
उनीहरुले पार्टीभित्रको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने उद्देश्यले अहिले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेलाको आयोजना गरेका छन् । नेकपानिकट स्रोतका अनुसार उक्त भेला अहिले पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । हिजोमात्रै अध्यक्ष दाहालले ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन दबाब दिएका थिए । तर, जवाफमा ओलीले अध्यादेश फिर्ता लिने तर एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्ने स्पष्ट पारेका थिए । नेकपाको स्थायी कमिटी बैठक पुष ५ गते बस्दैछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here