अहिले नेपालमा जताततै कम्युनिष्टहरू छन् । संघ र प्रदेश सबै सरकारमा कम्युनिष्ट छन् र सडकमा पनि कम्युनिष्टकै वर्चश्व छ । तर कम्युनिष्ट दर्शन, सिद्धान्त, विचारका आधारमा मूल्यांकन गर्दा कम्युनिष्टको खडरी देखिरहेको अवस्था छ । रुपमा जताततै कम्युनिष्टै कम्युनिष्ट तर सारमा पुँजीपति तथा नोकरशाहा वर्ग तथा विचौलीया, दलाल र भ्रष्टहरुको बोलवाला छ ।
यो अवस्थालाई राम्ररी चिनाउने काम गर्दछ विश्वका एक जना महान विचारक, कवि तथा गणितज्ञ ओमर खैयामले लेखेको कविता “रूवैयात”का निम्न भनाइहरुले । उनले लेखेका छन्ः
“चारैतिर हामी जे जति देख्छौ, ती सब हुन् झुटो
चीजहरूको सारसम्म पुग्न जानु छ लामो बाटो
सत्य भनी नलेउ, जुन तिमी देख्छौ आँखाले
कारण चीजहरूको रहस्य देख्न सकिन्न नेत्रले ।”
ओमर खैयामको उल्लेखित कविताले वर्तमान नेपालको कम्युनिस्ट आन्दोलनको दृश्य–रूप र सारतत्ववलाई स्पष्ट पार्न मद्त गर्दछ । साथै यसले दृश्य–रूप र सारतत्ववबीचको अन्तरसम्वन्धलाई स्पष्ट पार्न पनि मद्दत गर्दछ । अहिले ओली सरकारले कम्युनिस्टको नाममा गरेको झुटो रूपका विरूद्ध चेतावनीको रूपमा पनि उनको कवितालाई लिंदा अन्याय हुँदैन होला । ओमर खैयामको उक्त भनाइले हामीलाई दृश्य–रूपले सारतत्व नै हो की भन्ने भ्रम दिने सम्भावनावारे स्पष्ट पार्दछ ।
खासगरी सरकारी नेकपा भित्र देखिएको वर्तमान अन्तरद्धन्द्ध, दुई अध्यक्षहरु ओली र प्रचण्डहरुले देखाएको उनीहरुको दृश्य—ख्प र उनीहख्ले गत निर्वाचन पछि नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायले चिन्दै गएको सारतत्वबीचमा बढदै गएको गहिरो खाडलले ओमर खैयामको उल्लेखित कविता उनीहख्कै लागि लेखिएको त होइन् भन्ने शंका गर्ने ठाउँ बनेको छ । यसका लागि ओली सरकारका विभिन्न नौटंकी र रुपहरु हेर्न आवश्यक भएको छ ।
राजनीतिक रूपमा माक्र्सवादलाई यथार्थवादको रूपमा स्विकार गरेर मात्रै कम्य«निस्ट बन्ने हो ,तर सरकारी ९नेकपा० पार्टीभित्रका कैयौ नेताहरुले यथार्थतालाई पचाउन कठिनाइ मानेको दखिदैछ । उनीहरू पार्टीभित्र कसैले वास्तविकताको उद्घाटन नगरोस भन्ने चाहन्छन् । कोही कसैले वास्तविकतालाई कोट्याउने प्रयास गरेमात्रै पनि उ देखि डराउने गर्दछन् । त्यसैले पार्टीभित्र यस्ता मानिस उनीहरूका लागि ज्यालामा नमिलेको डुम बन्न जान्छन् ।
ओलीका लागि अहिले एकतामा आएका माओवादीहरु र माओवादीहरुका लागि एकतामा आएका एमालेहरु ज्यालामा नमिलेका डुम बन्न गएका छन् । पार्टीको हकहितका लागि काम त गर्ने तर के यसले पार्टीको हित गरेको छ त भनेर प्रश्न गर्नेहरुको क«नै अर्थ छैन । पार्टीमा विभिन्न विचारसमूह छन् , त्यहाँ मानिसलाई कुनै पनि रूपमा आफूलाई अभिव्यक्त गर्ने छुट छैन । आफ्नो अभिव्यक्तिलाई कुण्ठित वनाएर बाँच्न अभ्यस्त बनेर मात्रै त्यो पार्टीको नेतामा रहन सकिन्छ ।
वीसको दशकतिर नेपालमा कम्युनिष्ट एउटा आदर्श थियो । जनता कम्युनिष्ट बन्न डराउँदथे । एउटा त जनताको राजनीतिक चेतनास्तरमा भएको कमि होला, अर्को कम्युनिष्टबारे त्यसका विरोधीले फैलाएका भ्रमपनि थिए । तेस्रो कम्युनिष्ट बन्न अलि घेरै तगाराहख् पार गरेर मात्रै सम्भव थियो । सिद्धान्तमात्रै पढेर नपुग्ने, त्यसलाई व्यवहारमा पनि देखाउन पर्ने हुन्थ्यो । त्यसकारण त्यसवेला संख्यामा उनीहरु कम थिए तर भन्ने गरिन्थ्यो ‘ एक जना कम्युनिष्ट बराबर १० जना काँग्रेस र १० जना काँग्रेस बराबर १०० जना पञ्चहरु । त्यसबेलाका कम्युनिष्ट नेता तथा कार्यकतामा अहिले जस्तो उनीहरुको दृश्य–रूप, सारतत्वबीचमा त्यति ठूलो खाडल थिएन् र कम्युनिष्टहरु द्धैध।चरित्रका हुन्छन् भन्ने आरोप कसैबाट थिएन । तर अहिले सरकारी ९नेकपा० र त्यसको सरकारको उदाहरण आफै बोल्छ ।
यदि हामी कुनै मानिसको चरित्र राम्रो छ भन्छांै भने, उसको सो चरित्र उसका आचरण र विभिन्न क्रियाकलापमा र व्यवहारमा प्रकट हुनु पर्दछ । बाहिर प्रकट नभएको सारतत्व वास्तवमा सारतत्व नै रहदैन । मानिसको भित्री सारतत्व उसको काम र आचरणमा देखा पर्दछ । त्यसैले त यो प्रसिद्ध भनाई छ–मानिसको जाँच उसका कामहरूद्धारा हुन्छ, अर्थात कामले मानिसलाई चिनाउँछ । आफ्नो काम र आचरणमार्फत मानिसले आफ्नो वास्तविक गुण र योग्यतालाई खुलस्त पार्दछ । उसको काम र आचरण उसको खुलस्तिएको सारतत्व हो ।
यसरी, सारतत्व दृश्य–रूपमा र दृश्य–रूप एक पक्षमा सारतत्वमा फेरिने हुन्छन् । प्रत्येक दृश्य–रूप सारतत्वको एउटा मूर्त रूप रहे पनि, त्यसमा सम्पूर्ण सारतत्व भने रहेको हुँदैन, त्यसको एकपक्ष मात्र रहेको हुन्छ । यसलाई लेनिनले यसरी देखाएका छन्–“जुन चीजले आफूलाई देखाउँछ, त्यो त्यसको एउटा निस्चिततामा, त्यसको एउटा पक्षमा ,त्यसको एउटा क्षणमा सारतत्व हो । सारतत्व ठीक त्यस रूपमा देखिन्छ । देखिने रूप सारतत्व आफैको आफैमा दिग्दर्शन हो । ”
माथिको कुरालाई स्पष्ट पार्न एउटा उदाहरण लिउँ । वर्तमान ओली मन्त्रीमण्डल अन्तर्गत सुकुम्वासी, मोही किसान, मजदुरप्रति भयानक हेलचक्रयाई तथा वेवास्ता गरिएको पाइन्छ, र त्यो त्यसको जनविरोधी सारतत्वको ९अन्तरनिहित चरित्रको० एउटा अभिव्यक्ति हो । तर त्यो दृश्य–रूप अहिलेको मन्त्रीमण्डलको सम्पूर्ण सारतत्व होइन , त्यसको एउटा पक्षमा मात्र सारतत्व हो । त्यसका अन्य पक्षहरू पनि छन्– मुठ्ठीभर मानिसहरूद्धारा जनताको शोषण, मनपरितन्त्र तथा भ्रष्टाचार, जनताको घट्दो जीवनस्तर, कर्मचारीतन्त्र आदि ।
नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले अनेकौ व्यक्तिहरू माक्र्सवादीबाट अवसरवादीमा ९गद्दार समेत पनि० पतित भएको र भइरहेको देख्दै छांै । यो अधपतन तिनीहरूको चरित्रमा भएको परिवर्तन हो । उक्त परिवर्तित सारतत्वको प्रतिबिम्बस्वरूप तिनीहरूका व्यवहार र आचरण पनि फेरिन्छन् । यसरी फेरिएको व्यवहार र आचरण अनुसार उनीहरूमा सिद्धान्तप्रति बेवास्ता, बास्तविक जनआन्दोलनप्रति विरोध, उदार–पुँजीवादी नेतृत्वको पछि लाग्ने प्रवृति, व्यक्तिगत स्वार्थपूर्ति आदि ।
ओली सरकारले अमेरिका, भारतसंग गरेका र गर्न खोजेका बिभिन्न सम्झौताको सारतत्वलाई अहिले बाहिर देखिएको दृश्य–रूपबाट तत्काल पत्ता लगाउन सकिदैन् । किनभने कुनै पनि चीजको सारतत्व त्यसको बाह्य अभिव्यक्तिसित ठयाम्मै मिल्ने गरेर प्रकट हुदैन । त्यसैले माक्र्सले भनेका छन्ः“।।।।।।यदि चीजहरूको बाह्य दृश्य–रूप र सारतत्व प्रत्यक्षरूपले मिल्दो भएका भए, सारा विज्ञान अनावश्यक हुने थियो । ” माक्र्स, पुँजी, भाग ३, पृष्ठ ८१७ । जसरी कुनै भवनको बाहिर देखिने रूपलाई हेरेर त्यसको सम्पूर्ण भित्री कूरालाई जान्न सकिदैन्, त्यसैगरी दृश्य–रूपबाट सारतत्व पुरा मात्रामा खुलस्त हुँदैन ।
यहाँ कुन तथ्य उल्लेख योग्य छ भने दृश्य–रूप सधैभरि सारतत्वसित मिल्दो हुँदैन । कहिलेकाही कस्तो पनि हुन्छ भने बाह्य अभिव्यक्तिले सारतत्वलाई ठीक ढङगबाट प्रकट गर्नुको साटो बिकृत वा झुटो रूपमा प्रस्तुत गर्ने गर्छ । यस्तो हुँदा सारतत्वको सम्वन्धमा भ्रम वा गलत समझदारी हुन जान्छ । यसको एउटा उदाहरणलाई हेरौ – सयौ बर्षसम्म मानिसहरू कस्तो भ्रममा परेका थिए भने सूर्य पृथ्वीको ओरिपरि घुम्छ ।
यसो बाहिरबाट हेर्दा हामीलाई कस्तो भान हुन्छ भने सुर्यले पृथ्वीको परिक्रमा गरिरहेकोछ । यहाँ दृश्य–रूप सारतत्वको बिल्कुल विपरित रहेको थियो, किनभने वास्तवमा पृथ्वी सूर्यको वोरिपरि घुम्ने गर्छ, जुन तथ्यलाई पछि पोलैण्डका महान खगोलशास्त्री कोपर्निकसले पत्ता लगाए ।
यसरी, दृश्य–रूप विकृत वा झुटो हुन सक्छ । त्यसबाट मानिसलाई धोका हुन सक्छ । झुटो, बाहिर देखिने कुरामा विश्वास गर्नेहरूले ठूल–ठूला धोका खाएका छन् । र नेपाली जनताले पूर्व माके र एमालेको एकताबाट देशमा समृद्धि हुने छ भनेर करीव दुई तिहाइ मत दिए तर अहिले उनीहरु पछुताई रहेका छन् । ओलीलाई त्यसको प्रवाह छैन उनी झन्झन् प्रतिगमनको मार्गतर्फ अग्रसर भइरहेका छन । उनको वर्तमानमा परिवर्तीत दृष्य रुपले उनको सारतत्वलाई बाहिर ल्याइरहेको छ । उनको सारतत्व भनेको राष्ट्रघाती महाकाली सन्धी हो र २०६२÷०६३ को आन्दोलनका दौरानमा उनले आन्दोलनका एजेण्डा गणतन्त्र र संघीयताका विरुद्ध दिएका अभिव्यक्तिहरु हुन् ।
यसरी दृश्य–रूप, सारतत्वको कसिमा ओली सरकार एउटा कम्युनिस्ट विरोधी प्रतिक्रियावादी सरकार सावित बन्दै गएको छ । ओली सरकारलाई वामपन्थी, देशभक्त तथा प्रगतिशील देख्नु भनेको उसको दृष्य रुप र सारतत्व बुझनका लागि वाधक मनोगतवादको दलदलमा फस्नु हो । –जनधारणा साप्ताहिकबाट


















