मानिसहरुको संख्याभन्दा बढी खाना अर्डर गर्न नसकिनेः
खाना फ्याँक्ने बानी फेर्न चाहन्छ सरकारः
चिनियाँ सरकार ओभर इटिङलाई प्रोत्साहन दिने गतिविधिमा रोक लगाउने योजना पनि तयार गरिरहेको छ । चाइना एकेडेमी अफ साइन्सको एक रिपोर्ट अनुसार बेइजिङ र साङ्घाइमा मानिसहरु हरेक वर्ष मानिसहरुले यति खाना फ्याँक्छन् कि जसले तीनदेखि पाँच करोड मानिसहरुलाई वर्षभरी खाना खुवाउन सकिन्छ । खाद्य संकटबीच चीनको सरकारले मानिसको यस्ते बानी फेर्न चाहन्छ ।
चीनमा ५० करोड बढी मानिसको ‘ओभरवेट’:
देशमा बढ्दो मोटोपनको विषयमा पनि जिनपिङ सरकार चिन्तित छ । चीनका राष्ट्रिय हेल्थ कमिशनको अनुसन्धान अनुसार ५० करोडभन्दा बढी मानिस ओभरवेट छन् । अर्थात्, उनीहरुको तौल सामान्यभन्दा बढी छ । सन् २००२ मा त्यहाँ मोटोपनाको दर ७.१ प्रतिशत थियो । यस्तै सन् २०२० मा यो बढेर १६.४ प्रतिशत पुगेको छ । रिपोर्टमा शारीरिक गतिविधि कम भएका कारण मानिसहरु अत्यधिक मोटो भएको बताइएको छ ।


















