भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक सम्पदा पुनर्निर्माण तीव्र

108

बाँकी सम्पदाको पनि पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । चर्चामा रहेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ भने धरहराको २०औँ तलाको निर्माण सकिएको छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भागको काम तीव्र गतिमा भइरहेको छ ।

राजधानीको बबरमहल, केशरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालयमा रहेको रणोद्वीप दरबार लगायतका पुरातात्त्विक महìवका दरबारको जीर्णोद्धार एवं पुनर्निर्माणले गति लिएको कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनका अनुसार बृहत्तर टुँडिखेल, केन्द्रीय कारागार क्षेत्रमा लोकतान्त्रिक सङ्ग्रहालय निर्माण, नारायणहिटी सङ्ग्रहालय, गोरखा र नुवाकोट दरबारसहित सातवटा पुरातात्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा छ । गुरुयोजना स्वीकृतिसँगै ती क्षेत्रको संरक्षण र विकास कार्य अगाडि बढ्ने उनले बताए ।

प्राधिकरणका सम्पदा महाशाखा प्रमुख भरत अर्यालका अनुसार भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत १७० वटामध्ये १०७ वटाको निर्माण सम्पन्न भइसकेको छ । बाँकीमध्ये पनि ५२ वटा निर्माणाधीन अवस्थामा छन् । विविध कारणले ११ वटाको निर्माण कार्य सुरु हुन सकेको छैन ।

काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रका क्षतिग्रस्त १८ वटा सम्पदामध्ये १० वटाको र भक्तपुर दरबार क्षेत्रका क्षतिग्रस्त २९ वटा सम्पदामध्ये २३ वटाको निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी चाँगुनारायण क्षेत्रमा क्षतिग्रस्त आठमध्ये छवटा, हनुमानढोका दरबार क्षेत्रका क्षतिग्रस्त ३९ मध्ये १९ वटा, स्वयम्भू क्षेत्रका १३ मध्ये ११ वटा, पशुपति क्षेत्रका क्षतिग्रस्त ६२ वटामध्ये ३५ वटा र बौद्धनाथ क्षेत्रमा क्षतिग्रस्त एउटा सम्पदाको निर्माण सम्पन्न भइसकेको छ ।
पुनर्निर्माण सुरु हुन बाँकी रहेका ११ वटा सम्पदाको निर्माण चालू आर्थिक वर्षमा नै सुरु गरिने प्राधिकरणले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here