काठमाण्डौं – सर्वोच्चले संसद विघटनको कारण सम्बन्धि माग गरेको लिखित जवाफ राष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय र सभामुखले दिएका छन् ।
यसमा प्रधानमन्त्रीले विघटनको कारण दिदै अब संसद ब्युतन नसक्ने जनाएका छन् । तर सभामुख सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जवाफ दिएका छन् ।
लिखित रुपमा दिएको जवाफमा सभामुख सापकोटाले संसदको फेस गर्नु पर्नेमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएकोमा यसको पुनर्वहाली हुनु पर्नेमा जोड दिईएको स्रोतले जनाएको छ ।


















