थप १९ मा कोरोना संक्रमण, १, ४ सय २० पुग्याे

119

काठमाडौं- कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

प्रतिष्ठानको शिक्षण अस्पतालका निर्देशक डा मंगल रावलका अनुसार संक्रमण देखिएका अधिकांश कालिकोट जिल्लाका छन्। उनका अनुसार दैलेखमा मृत्यु भएका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

कर्णालीमा शुक्रबार १४ जनामा संक्रमण देखिएको थियो। शनिबार थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २० पुगेको छ भने मृतकको संख्या ७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here