धनगढी-कञ्चनपुरमा नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ। सोमवार साँझ साढे ६ बजे भारतको उत्तराखण्ड अन्तर्गतपर्ने चम्पावत् जिल्लाको बयलबन्दा जंगलमा गोली चलेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार बाह्रबोर वा भरुवा बन्दुकको छर्रा लागेर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १८ बर्षका नरेश सुनार घाईते भएका छन्। घाइते सुनारको खुट्टामा छर्रा लागेको छ। वनवासाबाट सामान किनेर फर्किने क्रममा सो घटना घटेका घाईते सुनारले प्रहरीलाई जानकारी दिएका छन्। घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली घटनास्थलतर्फ भएको छ।
घाईतेलाई अहिले महाकाली अस्पतालमा ल्याउने काम भईरहेको छ। गोली चलेको ठाउँ नजिकै एसएसवीको क्याम्प समेत रहेको छ। गोली किन चलेको हो भन्ने बारे थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रशासनले बताएको छ ।


















