हलि नेवाः गुथिकाे ९४ औं शाखाको नयाँ प्रतिनिधि चयन

284

धादिंग— वि.सं. २०७५ सालमा स्थापना भएको धादिङ्ग महेखुमा हलि नेवाः गुथिको ९४ औं शाखाको नयाँ प्रतिनिधि चयन भएको छ ।

पूर्व अध्यक्ष मीरा श्रेष्ठले संस्था विघट्न गरेर अघि बढेको निर्वाचनमा नयाँ अध्यक्षका रुपमा सन्तोष श्रेष्ठ बहुमतले निर्वाचित हुन सफल भएको छ । साथै हलि नेवाः गुथिको केन्द्रीय प्रतिनिधिका रुपमा बासुदेव श्रेष्ठ केन्द्रीय निर्वाचित भएको छ ।

संस्थामा कृष्ण कुमार श्रेष्ठ कोषाध्यक्ष, राजन सचिव, रमेशकाजी श्रेष्ठ, नारायण लाल श्रेष्ठ, नविन श्रेष्ठ, पंचराज तुलाधार, मीरा श्रेष्ठ, कान्छा श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, भक्त ब. बहादेर, संजय श्रेष्ठ, मनोज श्रेष्ठ, दिल कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठ, आयूषा श्रेष्ठ, रविन श्रेष्ठ, निरज श्रेष्ठ सदस्य भएका छन् ।

केन्द्रीय प्रतिनिधी निर्वाचित भएका बासु देब श्रेष्ठका अनुसार ‘आगामी दिनहरुमा नेपाल भाषा शिकाई कक्षा सञ्चालन गर्ने, नेवार समूदायहरुले बोलिने नेपाल भाषा त्यति बोल्ने चलन नभइ हराउँदै जाने अवस्था देखिएकाले अव नेपाल भाषा शिकाइ सञ्चालन गर्ने योजना रहेको जनाए । साथै गाउँका सम्पूर्ण दाजूभाई आपसमा मिलेर कृषि प्रणाली विशेष जोड दिने, महिला स्वास्थ्य स्वास्थ्य सिबिर सञ्चालन गर्ने आगामी बर्ष नेपालीहरुको मौलिक सम्बत नेपाल सम्बत ११४२ नेपाल सम्बत मनाउने योजना गरेको जनाए ।

कार्यक्रममा अतिथिका रुपमा पाल्नु भएका नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले इतिहासको कालखण्डदेखि हालसम्म पीडित बनाइएकाे नेवार समूदायहरुलाई राज्यद्धारा अन्यायपूर्वक, विभेदपूर्वक, गैरन्यायिक तवरले सडक, विस्तार, भाषिक विभेद तथा दमन विरुद्ध गाम्रीण भेग तथा शहरी क्षेत्रका नेवार समूदायहरु एक्का ढिक्का भइ लड्नु पर्ने बेला भइसकेकाे धारणा राखे ।

कार्यक्रममा हलि नेवाः गुथिका ल्होखा शाखाकी अध्यक्ष मिना गोपाली पनि पाल्नु भएको थियो । कार्यक्रम हलि नेवाः गुथिका संरक्षक शान्त प्रकाश श्रेष्ठले सञ्चालन गरेको थियो ।   करिव १२ बर्ष अगाडि थानकोटमा स्थापनामा भएको यस  संस्थाले नेवार समूदायको भाषा, संस्कृति लिपि, परम्परा संरक्षण तथा सम्बर्द्वनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here