सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

63

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।

नेपालको संविधानको धारा ९३ को २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चालू अधिवेशन पुष २६ गते आइतबारको दिन राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रिय सभाको अर्को बैठक आइतबार १ बजेका लागि राखिएको छ। १ बजे राष्ट्रपति भण्डारीको पत्र पढेर सुनाउने कार्यतालिका रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गरेलगत्तै राष्ट्रिय सभा अन्त्य गरिएको हो।

बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here