राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो

77

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूसँग एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन माग गरेको छ।

माइक्रोफाइनान्सले पुस २७ गतेदेखि माघ १२ गतेसम्ममा एकमुष्ट रुपमा पुनर्कर्जाको लागि आवेदन दिन सक्नेछन्। माइक्रोफाइनान्सहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार कायम पुँजीकोषको ६५ प्रतिशतसम्मको लागि पुनर्कर्जा प्राप्त गर्न सक्ने छन्।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको चुक्ता पुँजी पुगेको हुनुपर्नेछ। विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कार्यकारी प्रमुखलाई कारबाही नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह नगरेका लघुवित्तले मात्रै आवेदन दिन सक्नेछन्।

विगत एक वर्षमा राष्ट्र बेंकबाट सिघ्र सुधारात्मक लगायत कुनै पनि कारबाहीमा नपरेको हुनुपर्नेछ। पुनर्कर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पुर्ण ऋणीको व्याजदर कम हुने गरी ब्याजदरमा समायोजन हुनुपर्नेछ।

नेपाल राष्ट्र बैंकले यसअघि वाणिज्य बैंक विकास बैंक र फाइनान्सहरु सँग एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको लागि आवेदन माग गरेको थियो। राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीहरुलाई राहात प्रदान गर्ने हिसावले पुनर्कर्जाको व्यवस्था गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमै पुनर्कर्जा कोषको व्यवस्था गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here