विश्वमा २० लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु

75

काठमाडौं- विश्वमा २० लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म २० लाख ६ हजार पाँच सयभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको हो।

विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार पाँच सय पुगेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजारभन्दा धेरै पुग्दा तीन लाख ९१ हजार पाँच सयभन्दा बढी अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ।

भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख २७ हजारभन्दा बढी र मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ९ सयभन्दा धेरै छ।

कोभिड–१९ बाट ब्राजिलमा दुई लाख ८ हजार, रुसमा ६३ हजार पाँच सय, बेलायतमा ८७ हजार चार सय, फ्रान्समा ७० हजार, टर्कीमा २३ हजार ६ सय, इटालीमा ८१ हजार तीन सय, स्पेनमा ५३ हजार तीन सय, जर्मनीमा ४५ हजार सात सय, कोलम्बियामा ४७ हजार ८ सय, अर्जेन्टिनामा ४५ हजार दुई सय, मेक्सिकोमा एक लाख ३७ हजार ९ सय तथा पोल्याण्डमा ३२ हजार ८ सयभन्दा धेरैको ज्यान गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here