आज सुनको मूल्य तोलामा छ सय रुपैयाँले सस्तो

77

काठमाण्डौ/ सुनको मूल्य तोलामा छ सय रुपैयाँले सस्तो भएको छ।

छापावाला सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज प्रतिऔँस १८ सय ७३ दशमलव ५१ अमेरिकी डलरमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here