छापावाला सुन तोलामा ९२ हजार ८०० पुग्याे

92

काठमाडौं-  बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।   यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here