प्रचण्ड–माधव समूहले माघ २८ गते विशाल प्रदर्शन

228

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले यही माघ २८ गते विशाल प्रदर्शन गर्ने भएको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रतिगमनका विरुद्ध २८ गते काठमाडौँमा विशाल जनसभाको आयोजना गर्ने निर्णय गरेको हो ।

बिहीबार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेका बताएका थिए ।

२८ गतेको प्रदर्शनलाई हालसम्मकै विशाल बनाउने योजना रहेको नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here