इन्फ्रास्ट्रक्चरको सेयर सबैलाई न्युनतम ५० कित्ता बाँडफाँड

135

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक को सेयर भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे  सेयर बाँडफाँड गर्ने जनाएको छ।

बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन्। बैंकले ठुलो भोलुममा सेयर निष्काशन गरेकोले सेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता सेयर पाउनेछन्। यस्तै बाँकी हुन आउने सेयर गोला प्रथाबाट बाडिने छ। त्यस अनुसार अधिकतम ६० कित्ता सम्म शेयर पाउने देखिन्छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here