काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट बिक्रिमा ल्याएको ऋणपत्रमा आवेदन दिन समय थप गरेको छ । बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ ।
१ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्रि गर्ने भएको हो । उक्त ऋणपत्रमा २५ कित्ता देखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र माघको २० गतेसम्म बिक्रि तथा खुल्ला गरिएको भएपनि माग अनुसार आवेदन नपरेको कारण आवेदन दिने समयावधी थप गरेको बैंकले जनाएको छ ।
ऋणपत्रको निष्कासन तथा बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानी गर्न इच्छुकहरुले धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र उनीहरुले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


















