काठमाडौंकाे शोभा भगवतीमा बृहद नागरिक आन्दोलन

256
काठमाडौं । वीर सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई फाँसी दिइएको स्थल काठमाडौंस्थित शोभा भगवतीमा बुधबार नागरिक आन्दोलन गरेकाे छ ।
साे कार्यक्रममा सहिदहरुको सम्झना गर्दै आयोजित ‘बृहद नागरिक आन्दोलन’मा लेखक, पत्रकार, बुद्धिजीवि, आम युवा तथा सर्वसाधारणको  उपस्थित रहेकाे थियाे । सहभागीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका थिए ।
ओलीले देशलाई प्रतिगमनतर्फ धकेलेकाले शशक्त आन्दोलन गर्नुपर्ने जरुरी गरेको  कार्यक्रमका वक्ताहरुले धारणा राखे लेखक तथा पत्रकार नारायण वाग्ले, लेखक-पत्रकार राजेन्द्र महर्जन, युग पाठकलगायतले जनताको अधिकार गुम्ने अवस्था निम्तिएकाले सबैखाले प्रतिगमनको विरोध गर्दै नागरिकहरु आन्दोलनमा उत्रनुपर्ने परिस्थिति सिर्जना भएको धारणा राख्नु भयाे ।
कार्यक्रमको सुरुवात शिल्पी थियटरका कलाकारहरुले गंगालाल र दशरथ चन्दलाई फाँसी दिइएको घटनाको झल्को दिनेगरी नाटक मञ्चन गरेका थिए ।
आन्दोलनअन्तर्गत यसअघि सहिद सप्ताहको अवसरमा शुक्रराज शास्त्रीलाई फाँसी दिइएको स्थल टेकु र धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थल सिफलमा कार्यक्रम गरिएको थियो । जहाँनिया राणाशासनविरुद्ध अभियान गरेको भन्दै शास्त्री, माथेमा, चन्द र श्रेष्ठलाई १९९८ मा तत्कालीन राणा सरकारले फाँसी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here