जाडो मौसममा यस कारण ब्लड प्रेसरको समस्या

224

असन्तुलित जीवनशैली र पौष्टिक आहारको कमीका कारण आजकल धेरै व्यक्तिलाई ब्लड प्रेसरको समस्या हुन थालेको छ।

ब्लड प्रेसरलाई ‘साइलेन्ट किलर’ समेत भन्ने गरिन्छ। खास कुरा त के भने यो समस्या जाडो मौसममा धेरै देखिने गर्छ। यो मौसममा धेरै व्यक्तिको ब्लडप्रेसर तलमाथि भइरहन्छ। विशेषगरी यो समयमा मुटुमा रगतको चाप उच्च नै हुनेगर्छ। किनभने जाडो मौसममा चिसोका कारणले रगतको प्रवाह हुँदा मुटुमा धेरै दवाव पर्ने गर्छ। आर्टरीज र मुटुमा धेरै दवाव परेका कारण ब्लड प्रेसर उच्च हुन थाल्छ। जसको कारण व्यक्तिको मुटु, मिर्गौला र आँखामा असर पर्नुका साथै डिमेन्सिया जस्ता रोगको पनि खतरा रहन्छ।

जाडो मौसममा यी लक्षण देखिए ब्लडप्रेसर गडबड हुनसक्छ
टाउको दुख्नु
पसिना आउनु
पाचन प्रणालीमा समस्या
बेचैनी  हुनु

हाई ब्लड प्रेसरबाट कसरी बच्ने?

दिनहुँ एक्सरसाइज गर्नेः हाई ब्लड प्रेसरको समस्याबाट बच्न दिनहँ कमसेकम आधा घण्टा कार्डियो एक्सरसाइज गर्नुहोस्। संगीत सुन्ने, नाच्ने  जस्ता कार्य गरी तनाव, थकान कम गर्ने कोसिस गर्ने

नुनको कम प्रयोगः खानामा नुनको कम प्रयोग गर्नुहोस। प्याकिङ गरिएको र तयारी खाना कम खानुहोस्।

ध्यान गर्नेः अनुसन्धानहरुका अनुसार ध्यान गर्नाले तनावबाट मुक्त हुने मात्र नभई हाई ब्लड प्रेसर पनि नियन्त्रणमा रहने गर्छ।

घ्यू तेलको कम प्रयोग : फास्टफूड, चिप्स, सस,चक्लेट जस्ता घ्यूतेल बाट बनेका परिकारको कम प्रयोग गर्नुहोस्।

फाइबरयुक्त खानेकुरा खाने, दिनमा कमसेकम १० गिलास पानी पिउने गर्नुपर्छ। उपलब्ध भएमा नरिवल पानी पिउने। घाममा बस्ने गनुपर्छ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here