पहिलो एप्पल कम्प्युटर १७ करोड ५५ लाख मूल्यमा बिक्रीमा

183

ईवेले एप्पल वान कम्प्युटर बिक्रीका लागि राखेको छ । जसको मूल्य १.५ मिलियन डलर अर्थात १७ करोड ५५ लाखभन्दा बढी रहेको छ । यति धेरै मुल्य किन त ?  तसर्थ बिक्रीका लागि राखिएको उक्त कम्प्युटर एप्पलका मालिक स्टिभ जब्स र स्टिभ वोज्नियाक आफैंले बनाएका हुन् । बिक्रीमा राखिएको एप्पल वा कम्प्युटर त्यस बेला स्टिभ जब्स र स्टिभ वोज्नियाकले काठको केशमा निर्माण गरेको पहिला ६ ओटा कम्प्युटर मध्ये एक भएको बताइएको छ ।

यसमा प्रयोग भएको एनटीआई मदरबोर्ड पनि हालसम्म परिवर्तन गरिएको छैन । त्योभन्दा पनि महत्वपूर्ण कुरा यो कम्प्युटर आजसम्म पनि चलिरहेको छ ।

जुन असामान्य घटना जस्तै भएको उल्लेख गरिएको छ । यो कम्प्युटर स्टिभ जब्स र स्टिभ वोज्नियाकले बनाएको पहिलो ५० कम्प्युटर मध्येको पनि एक हो । यसमा भिडियो र किबोर्ड कनेक्टर बाहेक सम्पूर्ण कुरा पुरानै रहेको छ । उक्त कम्प्युटरका मालिकका अनुसार उनले सन् १९७८ मा यो कम्प्युटर क्यानडाका अर्को व्यक्तिसँग खरिद गरेका थिए ।

एप्पलले सन् १९७६ मा पहिलो पटक एप्पलको प्रडक्ट सार्वजनिक गरेको थियो । त्यसबेला एप्पल वानको मूल्य ६ सय ६६ डलर रहेको थियो । ६ सय ६६ डलरको उक्त कम्प्युटरको मूल्य अहिले १.५ मिलियन डलर पर्न सक्छ भन्ने कसैले पनि अनुमान गरेका थिएनन् । यदि तपाईंसँग उक्त कम्प्युटर किन्नसक्ने पैसा छ भने ईवेको बोलकबोलमा सहभागी हुन सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here