ब्यक्ति केन्द्रित आन्दोलनले पश्चगामी परिणाम दिनेछ

136
– दीर्घ प्रसाद पाण्डे
कुनै कुरा भौतिक रूपमा प्रात्त गर्न कार्यहरू गरिन्छ । कुनै कार्यहरू भावनाका रूपमा पनि गरिन्छन् । जस्मा प्रतिफल केही प्राप्त हुदैन र नियति भाग्यका भरमा छाडिन्छ । यदि कुनै कारणका लागि कार्य गरिन्छ भने यसमा निश्चित उद्देस्यहरू हुन्छन् । कार्य एक पटकमा सफल नभए पनि त्यसमा निरन्तरता दिएर सफलता प्राप्त भै छाड्दछन् ।कुनै नियति भाग्यवादका आधारमा गरिने कार्यहरूले मानिसहरूले कुनै सफलता प्राप्त गर्न सक्दैनन् यसले मानिसहरूलाई निरासा कुण्ठामा पुराउँदछ । यति धेरै कार्य गर्दा त केही प्राप्त भएन अब गरेर के होला र भन्दै सबै काममा सङ्का गर्ने हुदा मानिस अकर्मन्यतामा पुग्दछ । उसको जिन्दगी निराशा र कुण्ठामा बित्दछ ।
नेपाली राजनीतिमा राजनीतिक कार्य गर्ने आ-आफ्नै कार्यनीति थिए । राजा थिए उनले दैबी शक्तिका रूपमा निरङ्कुश शासन चलाउन चाहन्थे । काङ्ग्रेस थियो यसले राजासंग सत्ता साझेदारी चाहन्थ्यो । राजालाई पूज्थ्यो र संबैधानिक राजतन्त्र अन्तरगत संसदीय ब्यवस्था चाहन्थ्यो । कम्युनिष्ट थियो जनगणतन्त्र चाहन्थ्यो । यी सबै शक्ति प्रतिष्पर्धामा थिए । राजा र काङ्ग्रेसको बिबाद आन्तरिक थियो । यिनी दुबैले कम्युनिष्ट जनगणतन्त्रवादीलाई प्रधान दुश्मन मान्दथे । कम्युनिष्ट सिध्दान्तबाट स्खलन हुने समुहहरू पनि काङ्ग्रेसकै संबैधानिक राजतन्त्रात्मक संसदीय ब्यबस्थामा पुग्दथे ।
२०४७ सालसम्म आइपुग्दा राजा, काङ्ग्रेस र एमालेको एउटा बलियो मोर्चा बन्न पुग्यो । यही मोर्चाले दशौं हजार माओवादी जनगणतन्त्रवादीको हत्या गर्यो ।सयौ हार जित ब्यहोर्दै माओवादी आफ्नो मिशनमा अघि बढी रह्यो । पहिला संयुक्त रूपमा माओवादी आन्दोलन सिध्याउन अघि बढेको राजा समेतको संसदीय शक्ति भित्र राजाले एकल पहल गर्दा काङ्ग्रेस एमाले पाखा परे । आफ्नो सिध्दान्त संबैधानिक राजतन्त्रका बिरोधमा काङ्ग्रेस एमाले आउनु र माओवादीले आफ्नो सिध्दान्त जनगणतन्त्रलाई छाडि संसदीय गणतन्त्रमा आएकाले पहिलो मोर्चा बिगठन भएर दोस्रो मोर्चा बन्यो, राजतन्त्रको अन्त भयो । यसपछि माओवादी जनगणतन्त्रको बाटोमा अघि बढेको भए जनमत माओवादीको पक्षमा थियो । सबैलाई किनारा लगाएर जनताको सत्ता स्थापना गर्ने मौका पाएको थियो । तर माओवादीको नेतृत्व पङ्क्तिको ठूलो हिस्सा संसदीय गणतन्त्रमै स्खलन भयो ।
नेपालको संसदीय ब्यवस्था आफ्नै मौलिक थिएन र छैन । यो ब्यवस्था विश्व साम्राज्यवाद भारतीय नव अौपनेबेशिकवाद द्वारा सन्चालित ब्यवस्था हो । नेपालमा पूँजीको बिकास नभएकाले यिनै साम्राज्यवादीको इसारामा चल्नु पर्ने बाध्यता नेताहरूलाई छ । त्यसैले अहिले नेपालमा चलेको ब्यवस्था दलालपूँजीवादी हो र हाम्रा नेताहरू दलालका एजेण्टहरू हुन् । अहिले राजनीतिमा जुन समस्याहरू देखा परेका छन् यी समस्याहरूको समाधान यसै ब्यवस्था भित्रबाट समाधान हुन सक्दैनन् । यसको समाधान भनेको ब्यवस्थामा नै परिबर्तनको खाँचो छ ।
सत्तरी बर्षको कम्युनिष्ट आन्दोलन र खास गरि दशबर्षे जनयुध्दले गर्दा नेपाली जनताको आस्था कम्युनिष्टप्रति भयो । जनताले सबै कम्युनिष्ट नामधारीहरूलाई कम्युनिष्ट नै देखे । माओवादी केन्द्र र एमाले मिल्दा दुई तिहाइनै मत डवल नेकपाले पायो । एकाधिकार खोज्दा राजतन्त्र इतिहास बनेको थियो । संबैधानिक राजतन्त्र आफ्नो लाइन छाड्दा काङ्ग्रेस किनाराको प्रतिपक्षमा पुग्यो । जनगणतन्त्रवादी माथि प्रतिबन्ध लाग्यो । सरकारमा भएको पार्टीको राजनीतिक कार्य दिशा नै भएन । यदि राजनीतिक कार्यदिशा भएको भए अन्तरसङ्घर्ष नीति कार्यक्रममा हुन्थ्यो । पद प्रतिष्ठा गौण हुन्थे । यदि क्रान्तिकारी शक्तिले राज्यसत्ता नै हातमा लिने खालको क्रान्ति चलाउन सकेको भए क्रान्तिलाई रोक्न एक भएर लाग्ने थिए, यस्तो स्थिति आउने थिएन ।
अहिले ओली र प्रचण्ड गुटले जति जति ठूलो मास जम्मा गर्दछन् त्यति त्यति मात्रामा प्रतिगमनलाई सहयोग पुराईरहेका छन् । न प्रचण्डले ओलीलाई किनारा लगाएर सरकारमा जान सक्छन् , न ओलीले सरकार चलाईरहन सक्छन् । ओलीले प्रचण्डलाई ठेगाना लगाए पनि सरकार काङ्ग्रेसलाई बुझाउने हुन् , प्रचण्डले ओलीलाई ठेगाना लगाए पनि सरकार काङ्ग्रेसलाई नै बुझाउने हुन् । यदि काङ्ग्रेसको हातमा सत्ता गयो भने संबैधानिक राजतन्त्रको बहस सुरू नहोला भन्न सकिद‌ैन । ओलीको पनि राजतन्त्रप्रतिको मोह अझै मेटिएको छैन । आन्दोलन सफल भए पछि के हुन्छ ? असफल भए पछि के हुन्छ ? थाहै नपाएर नियति भाग्यमा जे छ त्यही हुन्छ भन्ने तरिकाले ओली र प्रचण्डको पक्ष बिपक्षमा लाग्नु जनताको ठूलो भुल हुनेछ । यसरी अन्धकारमा बन्चरो चलाउँदा आफ्नै खुट्टामा चोट लाग्नेछ । चोट लागिसकेपछि सोचेर केही फाइदा हुने छैन । हुन त यो भन्दा प्रतिगमनमा देश जाने छैन । अग्रगमनका लागि पनि बस्तुगत र आत्मगत स्थिति राम्रो बनिरहेको छ । सचेततापूर्वक क्रान्तिकारी पार्टी जनसेना जनपरिषदहरूको निर्माण भैरहेकै छन् । क्षणिककालका लागि फासिवाद आउन सक्ने कुरालाई नकार्न सकिँदैन, तर राजतन्त्र फर्केर आउने सम्भावना छ‌ैन । हामीमा आलोचनात्मक चेत हुन आवस्यक छ । अबको बिकल्प सत्ता(ब्यवस्था)को परिबर्तन नै हो । त्यसैले अनिश्चित भाग्यवादको पछि नलागौं, सत्ता परिबर्तनका लागि क्रान्तिकारी अग्रगमनकारी शक्तिलाई सहयोग समर्थन गरौ ।त्यसैले यो ब्यक्ति केन्द्रित आन्दोलन प्रतिगामी छ यसमा लागेर समय बर्बाद नगरौं । किनारामा गएको काङ्ग्रेसलाई सत्तामा ल्याउने आन्दोलनको कुनै अर्थ छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here