सेयर बजारमा १० अर्ब बढीको कारोबार 

81
काठमाडौं –  सोमबार बैंकिङ समूहले सेयर बजार उचालेको छ। उक्त समूह ६२ अंकले बढेपछि समग्र परिसूचक नेप्से ३७ अंकले बढेको छ। सो समूहको पुँजीकरण सबैभन्दा बढी भएकाले बजारमा यो सबैभन्दा शक्तिशाली रहने गरेको छ।  यस दिनको कारोबारपछि परिसूचक २५६१ अंकमा पुगेको छ। जुन अंक हालसम्मकै उच्च हो। यस दिन २०५ कम्पनीको १० अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here