यसरी गर्नुहाेस् गुगल स्मार्ट सर्च

118

तर सर्च गर्ने सबैको एउटै परम्परागत तरिका छ । यदि गुगल सर्चको स्मार्ट तरिका जानिराख्ने हो भने त्यसले तपाईंको सर्च अनुसार खोजेको छिटो अनि मिठो उत्तर दिन्छ ।

१. “”

डबल कोटेसन गुगल सर्चका लागि राम्रो सर्च अपरेटर हो । तपाईं कुनै पनि शब्द गुगलमा खोज्दै हुनुहुन्छ भने त्यो शब्दलाई डबल कोटेसन चिन्हको बीचमा राख्नुहोस् । उदाहरणका लागि “महावीर पुन” ।

२.  OR

 तपाईं गुगलमा रहेका धेरै विषयमध्ये एउटा परिणाम निकाल्न चाहनुहुन्छ भने OR प्रयोग गर्नसक्नुहुन्छ । उदाहरणका लागि “महावीर पुन”OR आविष्कार केन्द्र ।

३. AND

यदि धेरै विषयवस्तु भएको परिणाम गुगलमा खोज्न चाहनुहुन्छ भने AND अपरेटर प्रयोग गर्नुहोस् । उदाहरणका लागि “महावीर पुन”AND म्यागासेसे

४.  –

सर्च रिजल्टबाट केही शब्दहरु हटाउन चाहनुहुन्छ भने माइनसको प्रयोग गर्नुहोस् । जस्तै तपाईं महावीर पुन सर्च गर्न चाहनुहुन्छ जुन आविष्कार केन्द्र वा विज्ञान प्रविधिसँग सम्बन्धित छैन भने माइनसले ती दुवै शब्द घटाउन सक्नुहुन्छ । उदाहरणका लागि “महावीर पुन”-आविष्कार केन्द्र -विज्ञान प्रविधि

५. *

यदि तपाईं दुईवटा शब्द निश्चित अर्डरमा राखिएको पेज खोज्दै हुनुहुन्छ भने दुई शब्दको बीचमा * अर्थात एसट्रिक चिन्ह राख्नुहोस् । उदाहरणका लागि “महावीर पुन” *ट्वीटर

६. ()

सर्च गर्ने क्रममा दुईवटा शब्द देखाउनुपर्ने छ भने () अर्थात ब्राकेटलाई प्रयोग गर्नुहोस् । उदाहरणका लागि (इन्टरनेट or आविष्कार केन्द्र) एण्ड “महावीर पुन”

७. AROUND (X)

तपाईं एक वा सो भन्दा बढी शब्दहरु खोज्दै हुनुहुन्छ, जुन एकअर्कासँग नजिक होस् भन्ने चाहनुहुन्छ भने AROUND (X) प्रयोग गर्नुहोस् । जस्तै आविष्कार केन्द्र र महावीर पुनबीच तीनभन्दा धेरै शब्द चाहनुहुन्न भने यसलाई प्रयोग गर्नुहोस् ।

उदाहरणका लागि  “महावीर पुन”AROUND (3) आविष्कार केन्द्र

८. $

यदि तपाईं कुनै नम्बर खोज्दै हुनुहुन्छ तर त्यसलाई मूल्यमा देखाउन चाहनुहुन्छ भने $ अर्थात अमेरिकी डलरको संकेत प्रयोग गर्नुहोस् । यसले युरोको साइनको रुपमा पनि काम गर्न सक्छ । उदाहरणका लागि $ Hundred वा € Hundred

९. SITE

जब तपाईं निश्चित डोमेनमा आफ्नो रिजल्टलाई सीमित गर्न चाहनुहुन्छ भने SITE को प्रयोग गर्न सक्नुहुन्छ । जस्तै techpana.com को पेजमा आविष्कार केन्द्र सम्बन्धी सबै कुरा हेर्न चाहनुहुन्छ भने SITE उल्लेख गर्न सक्नुहुन्छ । उदाहरणका लागि SITE:techpana.com आविष्कार केन्द्र

१०. Intitle

महावीर पुनलाई कुनै पनि वेब पेजको टाइटलमा खोज्दै हुनुहुन्छ भने अगाडिपट्टी ईन टाइटल लेख्नुहोस् । उदाहरणका लागि Intitle: “महावीर पुन”

११. Allintitle

यदि तपाईं धेरै शब्दहरु राखेर ईनटाइटल जस्तै गरी सर्च गर्न चाहनुहुन्छ, तर Allintitle लेख्न सक्नुहुन्छ ।

उदाहरणका लागि Allintitle: “महावीर पुन” आविष्कार केन्द्र

१२. Inurl

यूआरएलमै तपाईं अन्य टेक्स्ट पनि खोजिरहनुभएको छ भने यो विधि तपाईंलाई काम लाग्नेछ ।

उदाहरणका लागि Inurl: आविष्कार केन्द्र

१३. Allinurl

Inurl जस्तै प्रयोजनका लागि यसको प्रयोग गर्न सक्नुहुन्छ । तर यो चाहिँ धेरै शब्द रहेको यूआरएल खोज्ने सन्दर्भमा काम लाग्छ । उदाहरणका लागि Allinurl: Tesla Model x

१४. Intext

वेब पेजको कन्टेन्टमा आफ्नो सर्चलाई सीमित गर्न चाहनुहुन्छ भने यो तरिका प्रयोग गर्न सक्नुहुन्छ । उदारहणका लागि Intext: इन्टरनेट

१५. Allintext

यो पनि Intext जस्तै हो तर यो चाहिँ धेरै शब्दहरु जोडेर सर्च गर्नुपरेको अवस्थामा काम लाग्छ । उदाहरणका लागि Allintext Text: आविष्कार केन्द्र पीपीई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here