बैतडीको घटनालाई गम्भीरतापूर्वक छानबिन गर्न फान द्वारा सरकारलाई आग्रह

116
मानव अधिकार सम्बन्धि क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले बैतडिमा बलात्कार पछि हत्या गरिएकी   कक्षा १२ मा अध्ययनरत १७ बर्षीया भागिरथि भट्टकाे  घटना प्रति फ्रिडम फर अल नेपालले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
साेमबार फानले एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्दै  घटनामा  संलग्न दाेषीकाे सिघ्र पहिचान गरि   कानुनी दायरामा ल्याउन र  पिडित परिवारलाई उचित राहतको व्यवस्था समेत गर्न हामी नेपाल सरकार समक्ष आग्रह गरेकाे छ ।
फानका कार्यबाहक अध्यक्ष भक्तराज जाेशीद्वारा जारी विज्ञप्तिमा पश्चिम नेपालका विभिन्न जिल्लामा यस्ता जगन्य अपराधहरु झन झन बढिरहनु अत्यन्तै दुखत पक्षकाे भएको जनाइएको छ ।साथै विज्ञप्तिमा भनिएको छ,महिला तथा बालिकाका माथि भैरहेका यस्ता जगन्य   मानव अधिकार हननका घटना तथा अपराधले नेपालकाे अन्तर्राष्ट्रिय छवि समेत धमिलिएको छ ।महिला तथा बालबालिका माथि भैरहेका यस्ता घटनाका दाेषीहरुलाई कडा भन्दा कार्वाहीकाे जाेडदार माग गर्दैछाै विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here