वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी दम्पतीबाट शरीर दानदिने घोषणा

153

काठमाडौं- वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दान   घोषणा गरेेकाा छन् ।

नइ प्रकाशनबाट ललितपुरमा शुक्रबार  आयोजित उक्त घोषणा सभामा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किष्ट मेडिकल कलेजलाई अर्पण गर्नुभएको जानकारी दिनु भयो ।

१०१ वर्षीय शताब्दी पुरुष डा.जोशी र ९६ वर्षीय श्रीमती राधादेवी जोशीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा उहाँहरूका छोरा  अनुराज जोशीको सहमतीको समेत हस्ताक्षर रहेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख  चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा शताब्दी पुरुष डा.जोशीले ‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतीले यो कदम चालेको हो’ भन्नुभयो ।

सो सभामा प्रमुख अतिथि  चिरीबाबु महर्जनले शताब्दी पुरुष डा.जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श हुनुहुन्छ भन्नुभयो ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त घोषणा सभामा किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्र प्रसाईले जोशीको महानता, सरलता र दुरशदर्शी भावनाको प्रशंसा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here