कीर्तिपुर नगर उद्योग बाणिज्य संघकाे सहकार्य एवं परिचयात्मक कार्यक्रम सम्पन्न

122

कीर्तिपुर नगर उद्योग बाणिज्य संघले कीर्तिपुर नगरपालिकाको नवनिर्मित भवनमा वार्षिक कार्ययोजनाको निम्ति सहकार्य एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा आगामी दिन समग्र कीर्तिपुर नगरभित्र छरिएका सम्पूर्ण व्यापारीहरुको हकहित संरक्षणका निम्ति कर शिक्षा प्रणाली, राजश्व परामर्श नियमित रूपमा सुचना जारी हुने गरी सहज रूपमा कार्य गर्नेसम्बन्धी बृहत् रुपमा छलफलपछि महिला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बिस्तार गर्ने विषयमा गम्भीरतापूर्वक गर्नुपर्नेमा जोडसहित प्रतिबद्धता ब्यक्त गरिएको थियो ।

कार्यक्रमका सभापति एवं कीर्तिपुर नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्यले विशेष तयारीका साथ अगाडि बढ्ने विषयमा नगरपालिकासंग सहकार्य गर्न तयार भएको जानकारी दिइन् ।

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश नं ३ का उपाध्यक्ष सविन श्रेष्ठले महासघंका विषयमा जानकारी दिएका थिए भने सोहि कार्यक्रममा उपप्रमुख सरस्वती रिजाल खड्काले आगामी दिनहरूमा कार्यनिति नियमनअनुसार सम्झौता गरेर भावी रणनीति बनाउनेमा जोड दिइन् ।

मेयर  रमेश महर्जनको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा अतिथिको रुपमा उपप्रमुख सरस्वती रिजाल खड्का, वडा १ का प्रमुख हर्ष महर्जन, वडा २ प्रमुख रमेशमान डंगोल, प्रमुख वडा ३ का राजेन्द्र महर्जन, वडा नं ९ का प्रमुख गंगाराम महर्जन, वडा सदस्य मनिष महर्जन तथा नागरिक समाजका प्रतिनिधिहरुले समेत  सहभागगीता जनाएकाे थियाे । साथै विशेष सल्लाहकारद्वय समाजसेवी एवम् प्राध्यापक निलकण्ठ अमात्य, काजीमान आत्रेय, कानुनी सल्लाहकार ज्ञानरत्न शाक्य, पुर्व वडाअध्यक्ष लक्ष्मीकुमार महर्जन र वडाका सम्पूर्ण प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here