सन्थाल बस्ती निर्माण योजना

105

काठमाडौं। सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ ।

उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गर्ने कार्यक्रम तय भएको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको त्यस बस्ती निर्माणका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको प्रवक्ता दवाडीले जानकारी दिए। सो बस्ती निर्माणको डीपीआर तयार गर्न मन्त्रालयले मङ्सिरमा एक प्राविधिक टोली उर्लाबारी पठाएको थियो ।

सहरी विकासमन्त्री प्रभु साहले लोपोन्मुख र सीमान्तकृत सूचीमा रहेका सन्थालको उत्थानलाई प्राथमिकतामा राखेको बताए ।तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव डा रमेशप्रसाद सिंहसहितको टोलीले मङ्सिर ९ गते उर्लाबारीस्थित सन्थाल बस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेपछि सो एकीकृत बस्ती निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । गोरखापत्र दैनकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here