कीर्तिपुरस्थित पांगा दोबाटोमा सानिमा बैंककाे शाखा

224

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरस्थित पांगा दोबाटोमा शाखा विस्तार गरेको छ ।

वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार शाखाको उद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।

यसका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञपता व्यक्त गरे । सानिमा बैंकको हाल सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here