हालसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ८ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको पनि मृत्यु भएन । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।
गत २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरमा १ र ललितपुरमा २ गरी उपत्यकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


















