कसरी ब्युतिएला नेकपा एमाले र माओवादी केन्द्र?

50

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ ।सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेसँगै नेकपा नामक दल कट्टेलको स्वामित्वमा पुगेको छ ।

सर्वोच्चको सो फैसलासँगै एक भएर नेकपा गठन गरेका साबिक एमाले र माओवादी केन्द्र स्वतः ब्युतिएका हुन् ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रंं) बीच एकता भई नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले २१ मंसिर २०७५ मा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

उनले दायर गरेको सो रिटमा सर्वोच्चका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला गरेको हो । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी बन्नुअघि नै ऋषि कट्टेलको नाममा निर्वाचन आयोगमा दल दर्ता थियो । तर, निर्वाचन आयोगले दुई पार्टी एकता भई बनेको पार्टीलाई पनि नेपाल कम्युनिस्ट पार्टी कोष्ठकमा (नेकपा) भनी दल दर्ता गरेपछि सोविरुद्ध कट्टेल सर्वोच्च पुगेका थिए । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here