काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्मकै उच्च आवेदन भरेका छन् । जसका कारण आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड कायम भएकाे छ ।
आन्तिम दिन बुधबारसम्मको तथ्यांक अनुसार ज्योतिको आइपीओमा १८ लाख ४ हजार ६४८ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । कुल ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन परेको छ ।
ज्योतिले फागुन २१ गतेबाट बुधबार (फागुन २६ गते) सम्म सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसआधारमा , सर्वसाधारणले माग भन्दा ६.४ गुणा बढी आवेदन दिएका हुन् । कम्पनीले कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।


















