मृत अवस्थामा फेला

54

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमुल डेरा गरी बस्ने रुपन्देही बुटवल घर भएका २२ वर्षीय शैलेश पन्थीको कोठामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने बुटवल घर भएका २४ वर्षीय सरोज खनाल मृत अवस्थामा फेला परेका छन् । मंगलबार खाना खाई सुतेका उनी बुधबार बिहान मृत फेला परेका हुन् ।

कास्कीकाे पोखरा महानगरपालिका-३१ बेगनास तालको किनारामा सोही महानगरपालिका-३० बस्ने दाङ तुलसीपुर नगरपालिका-१५ चरूवा घर भएका ३९ वर्षीय पूर्ण बहादुर चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, कोहलपुर नगरपालिका-११ शिव मन्दिर पछाडी पाल टागेर बस्ने ४५ वर्षीय बिजय माझी बुधबार सोही पालभित्र मृत अवस्थामा फेला परेका छन् ।

यसका साथै झापा, शिवसताक्षी नगरपालिका-७ र ११ को सिमानास्थित नहरमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here