कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी

166

काठमाडौं  । अहिलेसम्म कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा  समितिले कोरोना बीमा बापत चार अर्ब ६६ करोड ३० लाख भुक्तानी भएको जनाएको छ  । यो पछिल्लो तथ्यांक हो ।
८४ हजार ८ सय ७४ वटा दाबी परेको छ । त्यसमा ४८ हजार ६८ वटा दाबीको भुक्तानी भएको छ ।  कागजात पुरा भएकाहरुले कोरोना बीमा वापत सो रकम भुक्तानी पाएका हुन् । स्विकृत  हुने प्रक्रियामा ३ हजार १ सय १२ कागजात रहेका छन् ।
यस्तै १० हजार ९ सय ४६ वटा दाबी  इडिसिडिमा (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) पेण्डिङ  रहेका छन् । यस्तै ४ हजार २ सय ३३ फाइल इडिसिडिमा पठाउँनमा लागि तयारी अवस्थामा राखिएको बीमा समितिले जनाएको छ ।
। ३ हजार ६ सय ३९ वटा दाबी भने प्रक्रिया नपुगेकाले सोको  फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको समितिले भनेको छ । यता प्रमाणीकरणको प्रक्रियामा १४ हजार ३ सय ५३ वटा दाबीमा फाइल छन् ।
कोरोना बीमा दाबी रकमको भुक्तानीमा अझै पनि ढिला सुस्ती कायमै रहेको भन्दै बिमितहरुले बीमा कम्पनीहरुको आलोचना गर्दै आएका छन् । तर यता बीमा समितिले भने प्रक्रिया पुगेकाहरुको भुक्तानीमा कुनै ढिला सुस्ती नभएको बताउँदै आएको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल कोरोना भुक्तानीमा समस्या नभएको दाबी गर्छन् ।  बरु सरकारी कर्मचारी र सुरक्षाकर्मीको दाबी भुक्तानीमा ढिला भएको तर सर्वसाधारणकोमा ढिला नगरेको उनको भनाइ छ ।
बीमा समिति, निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनी मिलेर २०७७ वैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमाको दाबी भुक्तानी साढे ४ अर्ब नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here