प्रहरीले भारततर्फ लैजादै गरेको ४२ सय लिटर डिजेल बरामद

153

रुपन्देही । लुकुछिपि कपिलवस्तुबाट भारततर्फ लैजादै गरेको ४२ सय लिटर डिजेल प्रहरीले बरामद गरेको छ।

शुक्रबार राति ९ बजेतिर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ लिङगेटस्थित चेकप्वाईन्टमा चेक गर्दा भारतीय ट्रकमा ट्यांकी जडान गरि डिजेल राखिएको फेला परेकाा छन् ।

शसस्त्र प्रहरी बल बिओपी कृष्णनगर र अध्यागमन प्रहरी पोष्ट लिङकगेटको संयुक्त टोलिले चेकजाँच गर्दा नेपालबाट भारततर्फ जाँदै गरेका ७ वटा भारतीय गाडीबाट चार लाख १५ हजार आठ सय मूल्य बराबरको डिजल बरामद गरिएको हो।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती ट्रकमा डिजेल ट्यांकीबाहेक अलग्गै ट्यांकी पनि जडान गरिएको थियो। जहाँबाट उक्त परिमाणको डिजेल बरामद गरिएको हो।

प्रहरीले डिजेल चोरी तस्करी गर्ने ट्रक र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here