पत्रकार महासंघको निर्वाचनमा पाँच संगठनबीच सहकार्य

214

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पाँच संगठनका बीच सहकार्य गर्ने निर्णय भएको छ ।

मंगलवार बसेको बैठकले प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालबीच सहकार्य गर्ने निर्णय भएको हो ।

प्रेस संगठनको तर्फबाट संयोजक महेश्वर दाहाल, प्रेस चौतारीको तर्फबाट राजेश राई, प्रगतिशील पत्रकार संघको तर्फबाट उदय जीएम, क्रन्तिकारी पत्रकार संघबाट नारायण पंगेनी तथा जनपत्रकार संगठन नेपालबाट शेरबहादुर बिकबीच आसन्न निर्वाचनमा सहकार्य गर्ने सम्बन्धी पाँच बुँदे सहमति गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here