गुणस्तरहीन स्यानिटाइजर तत्काल फिर्ता लिन विभागको निर्देशन

110

काठमाडौं- बाराको दुई कम्पनीले उत्पादन गरेका चार प्रकारका ह्यान्ड स्यानिटाइजरमा न्यून गुणस्तर भएको पाइएको छ। कोरोना रोकथामका लागि प्रभावकारी मानिएको ह्यान्ड स्यानिटाइजर नै न्यून गुणस्तरको भेटिएको हो।

औषधि व्यवस्था विभागले अनुगमनका क्रममा बाराका दुई उद्योगका चार स्यानिटाइजर न्यून गुणस्तर पाइएको जनाएको छ। विभागले सूचना जारी गरी ती स्यानिटाइजर बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ। डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर एक लिटर र ७५ मिलिलिटर, आर्या फार्माल्याब प्रालिको क्लिन वेल इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ५ सय र १ सय एमएलको स्यानिटाइजर न्यून गुणस्तरको पाइएकाले फिर्ता लिन विभागले निर्देशन जारी गरेको हो।

यी उद्योगहरुलाई तत्काल विवरण पेस गर्न पनि विभागलले निर्देशन दिएको छ। साथै उक्त स्यानिटाइजरको बिक्री वितरण तथा प्रयोग नगर्न विभागको आग्रह छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here