बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ गर्न सफल भएकाे छ ।
साे जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका युवक पक्राउ गरेकाे हाे ।
दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ ।
चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी श्रेष्ठले जनाए । पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र छिटै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले जनाए ।

















