इन्भेस्टमेन्ट बैंकले अमेरिकी डलर एनपीआरमा परिर्वतन गर्न सकिने ‘भी–प्रिपेड इंटरनेशनल कार्ड’ सेवा विस्तार

186

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकी डलर एनपीआरमा परिर्वतन गर्न सकिने ‘भी–प्रिपेड इंटरनेशनल कार्ड’ सेवा विस्तार गरेको छ । बैंकले यस भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्ने र झन्झट मुक्त अमेरिकी डलर मार्फत विश्वभर ई–कमर्स भुक्तान गर्न सक्ने जनाएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।  बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here