स्वास्थ्य मन्त्रालयले होली पर्व घरमै बसेर मनाउन अनुरोध

65

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ।

मन्त्रालयले सामाजिक सञ्जालमा ‘यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन’ भन्ने सन्देश पठाउदै होली घरमा नै मनाउन अनुरोध गरेको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन्। यसपटकको होली पहाडमा आज र तराईमा भोली मनाइदै छ।

सहप्रवक्ता अधिकारीले अधिकारीले भने, ‘यस वर्षपनि काेराेना केही कम भएपनि केही दिनयता संक्रमणको संख्या उकालो लागिसकेकाे छ। यस समयमा  संक्रमण  संख्या र  जोखिम पनि बढ्दै गएकाे छ। त्यसैले होली घरमै मनाउनु हुन र अनावश्यक भीडभाड नगर्नु हुन स्वास्थ्य सबैमा हार्दिक अनुराेध गर्दछ।’

काेराेना  संक्रमितकाे  संख्या बढेसँगै सबै तहतप्काका व्यक्ति र क्षेत्रका व्यक्तिहरुलाइ सावधानी अनाउन र अनावश्यक भीडभाड नगर्न जाेड दिएकाे पनि उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here