यस कारण अव जनता समाजवादी पार्टीको सरकार देशमा आवश्यक छ

73

—प्रीति रमण

नेपाली जनताले दुई तिहाई बहुमतको निकट पु¥याएर सरकार बनाउने अधिकार दिएका थिए  नेपालका कम्युनिष्टहरुलाई । दुई ठूला कम्युनिष्ट पार्टीहरुले चुनावी गठबन्धन बनाएर प्राप्त गरेको जनताको मतको सदुपयोग भने गर्न सकेनन् । जनतालाई उपलब्ध गराइएका चुनावी घोषणा पत्रका आधारमा भन्ने हो भने नेपालको अवस्था धेरै सुधार भइसक्ने पर्ने थियो । जनतालाई झुक्याउनका लागि मात्र चुनावी घोषणा पत्र बनाइएको रहेछ भन्ने कुरा अवको अवस्थाले स्पष्ट गरिरहेको छ ।

चुनावी घोषणा पत्रका आधारमा मात्र काम गर्न सकेको भए नेपालमा कम्युनिष्ट पार्टीको सरकारल धेरै लामो समयसम्म स्थायीत्व प्राप्त गर्ने थियो । तर निक्कै छोटो समयमै कम्युनिष्टहरु नेपाली जनता माझ अलोकप्रिय बन्न पुगेका छन् । कम्युनिष्टहरुले जनताका नाममा धेरै राम्रा काम गर्छन भन्ने जनविश्वासमा  धोका भएको छ ।

सरकारमा नेतृत्व गर्नुमात्र ठूलो कुरा होइन भन्ने कुरा पटक—पटकका अनुभवबाट सिद्ध भइसकेको छ । सरकारले जनताका नाममा राजनीति गरेपनि जनताका लागि कुनै काम गरेको पाइएन । नेपालमा राणाकाल, पञ्चायतकालका शासकहरु र नेपाली कांग्रेस भन्दा फरक अनुभव हुने गरी कम्युनिष्टहरुले पनि सरकार चलाउन सकेनन् । त्यसैले अवको अवस्थामा सरकार सञ्चालन गर्ने अवसर प्राप्त नगरेको राजनीतिक शक्तिलाई नै अवसर दिनुपर्ने आवश्यकता महसुस गर्न सकिन्छ ।

वर्तमान संसदको संरचनाका आधारमा भन्नुपर्दा  सरकारको नेतृत्व गर्न नपाएको राजनीतिक शक्ति भनेको जनता समाजवादी पार्टी मात्र देखिएको छ । यो पार्टी बाहेक संसदमा रहेका अन्य सबै पार्टीहरुले सरकारको नेतृत्व गर्दै आएका छन् । राष्ट्रियताका नारा दिएर नेपाली जनतालाई झुक्याउँदै आएका राजनीतिक दलका नेताहरुले राष्ट्रिय पोषाकका नाममा दौरा—सुरुवाल लगाएर राष्ट्रघाती सन्धी सम्झौताहरु गर्दै आएका छन् ।  जनतालाई झुक्याउनका लागि मात्र राष्ट्रियताको नारा दिएको रहेछ भन्ने कुरा अव स्पष्ट भइरहेको छ । राष्ट्रियताको नारामा जनतालाई झुक्याउने राजनैतिक शक्तिहरुमा सबैभन्दा अग्रपंक्तिमा रहेका कम्युनिष्टहरु अहिलेको अवस्थामा सत्तामा पुगेर पनि राष्ट्रिय स्वाधीनताका लागि कुनै उल्लेख्य काम गरेका छैनन् । बरु राष्ट्रघाती काममा कम्युनिष्ट नेतारुहरु सबै सरकार चलाएका पार्टीहरुलाई समेत उछिनेका छन् ।

नेपालको विकासका पूर्वाधारको रुपमा नदीहरुलाई विशेष प्राथमिकतामा राखिँदै आएको छ । देशमा जुनसुकै सरकार बनेपनि नेपालका नदीनालाहरु नै सरकार टिकाउने विक्रीका माल भइरहेको अवस्था देखिन्छ । तर यस्ता काममा दौरा सुरुवाल लगाउनेहरु नै अग्र पंक्तिमा रहेका पाइन्छन् । गण्डकी र कोशी नदी बेच्नेहरु  मध्ये मातृका कोराइराला र वीपि कोइराला हुन् । यी दुवै नेताहरुले दौरा सुरुवाल नै नदी बेच्ने काम गरे । त्यसैगरी महाकाली नदी बेच्ने काममा गिरीजाप्रसाद कोइराला, शेरबहादु देउवा, केपी ओली र माधव नेपाल पनि दौरा सुरुवाल लगाएर प्रस्तुत हुने काम गरे । गण्डकी,कोशी, महाकाली सम्झौताहरुमा  कति जघन्य राष्टघात भएका छन् भन्ने कुरा यहाँ वर्णन गर्नु पर्ने आवश्यकता देखिदैन ।

त्यसैगरी, सुशिल कोइराला र प्रचण्ड लगायतका  नेताहरुले माथिल्लो कर्णाली बेचेर अर्को राष्ट्रघात गर्न पुगे । यी बाहेक अरुण तेस्रो लगायतका नदी सम्झौतामाहरुमा भएका राष्ट्रघातहरु स्मरणीय छन् । कुनै पनि राष्ट्रघाती नदी सम्झौताहरुमा जनता समाजवादी पार्टीका नेताहरुले दस्तखत गरेर  कलंकको टिका लगाएका छैनन् ।  पंक्तिकारले यस्तो लेखिरहँदा स्वाभिमानको शिर ठाडो गराउन सकिने  अवस्थामा जनता समाजवादी पाटीँका नेताहरुले हामीहरुलाई अवसर प्रदान गरिरहनु भएको अनुभूति भइरहेको छ ।

जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भनेर दावी गर्ने आधारहरु धेरै छन् । खास गरी वर्तमान संसदको संरचना  बाम गठबन्धन सरकारको निर्माणका लागि भएको हो । जनताले बाम गठबन्धनलाई दुई तिहाई निकट पु¥याएका छन् । तर बाम गठबन्धन अव  रहेन् । स्वयम् विभाजनको अवस्थामा पुगेका  गठबन्धनका नेताहरुलाई सर्वोच्च अदालतको पैmसलाले विभाजित  बनाइदिएको छ । संसद पुनस्र्थापना गर्ने  सर्वोच्च अदालतको पैmसला लगत्तै भएको पार्टीको नाम सम्बन्धी विवादको पैmसलाले गठबन्धन सरकारको सम्भावनालाई न्यून बनाइदिएको छ । यसरी कम्युनिष्टहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । विकल्पमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नै सरकार बनाउने हकदार पार्टीका रुपमा रहेका छन् । नेपाली कांग्रेसले पटक—पटक सरकारको नेतृत्व गर्दै आएको छ । माथि उल्लेख गरिएका मातृका, वीपि, गिरिजा, कृष्णप्रसाद भट्टराई, सुशिल कोइराला र शेरबहादुर देउवा लगायतका नेताहरुले सरकारको नेतृत्व गरिसकेका छन् । तर यी कसैले पनि राष्ट्रियताको सवालमा      नेपालको हित हुने गरी काम गरेको पाइएन । त्यसपछिका कम्युनिष्ट नेताहरुले सरकारको नेतृत्व जतिले गरेपनि कुनै नेताले देशको राष्ट्रियताको सवालमा प्रशंसा गर्न लायक काम गरेको पाइएन । बरु छिमेकी देशहरुसँगको सम्बन्धलाई सन्तुलनको अवस्थाबाट असन्तुलित अवस्थातिर पु¥याउने काम कम्युनिष्ट नेताहरुले गर्दै आएका छन् । पछिल्लो समयमा दुईतिहाई बहुमत नजिकको कम्युनिष्ट नेतृत्वको सरकार झनै  छिमेकीहरुसँगको सम्बन्धलाई विगार्ने काममा कृयाशील देखियो ।  त्यसैले नै अवको सरकारको नेतृत्व जनता समाजवादी पाटीले नै पाउनु पर्ने देखिन्छ ।

जनता समाजवादी पार्टीले नेपाली जनता माथि विभेद भएको कुरालाई सशक्त ढंगले उठाउदै आएको छ । समाजमा विभेद कायम रहेसम्म राष्ट्रियता बलियो हुन सक्दैन । त्यसैले जनतामा व्याप्त विभेदको अन्त्य आवश्यक हुन्छ । यस अघिका कुनै पनि सरकारहरुले समाजमा रहेको विभेदको अन्त्य गर्ने सवालमा कुनै चासो देखाएको पाइएन । त्यसैले पनि जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार आवश्यक देखिन्छ ।

नेपाली जनता नागरिकता प्राप्तीबाट समेत बञ्चित भएका छन् । नेपाली जनताले नागरिकता पाउनु पर्छ भन्ने आवाज जनता समाजवादी पार्टीले पटक—पटक उठाउँदै आएको छ । तर कुनै पनि सरकारले यो आवाजलाई सुनुवाई गरेनन् ।

सर्वोच्च अदालतले समेत वंशजको आधारमा नागरिकता पाउने निर्णय गरेको दुई वर्ष भन्दा बढी समय बितिसकेको छ ।

गृह मन्त्रालयले ७७ जिल्लालाई परिपत्र समेत गरिसकेको छ । तर पनि यसको कार्यान्वयन हुन सकिरहेको छैन । त्यसैले पनि जनता समाजवादी पार्टीको सरकार देशमा आवश्यक भएको छ । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here