काठमाडौं । सुन–चाँदीको भाउ फेरि बढेको छ । बुधबारको तुलनामा आज तोलामा ९०० रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ५०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ८५ हजार ६०० मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ८६ हजार ५० पुगेको छ । बुधबार तोलाको ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको भाउ फेरि १२ सय माथि पुगेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


















