किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक

214

काठमाडाैं । प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ‘ऐशेलुको कांडाबोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

साे म्यूजिक भिडियाे गीतमा  नेपाल आईडल सिजन-३ मार्फत राम्रो चर्चामा कमाईसकेका गायक किरण भुजेलको सुमधुर आवज रहेको छ भने संगीतकार शंकर स्माईलीको संगीत रहेको छ । त्यस्तै संगीत संयोजन उदय राज पौडेलको रहेको छ । चर्चित मोडेल सुधीर श्रेष्ठ र टिकटक क्वीन स्टार ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय गरेका छन् ।

भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको जनाए ।  बलापनको साथीलाई बर्षौ पछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्‍यान कार्किले निर्देशन गरेका छन भने छांयाकन बुद्ध थापा सम्पादन बिष्णु खडकाको रहेको छ । भिडियोमा सुरेन्द्र बस्यालकै कोरियोग्राफी रहेको छ ।

ब्ल्याक ब्रोज इन्टर्टेन्ट्मेन्टको प्रस्तुतिमा रहेको भिडियोलाई यहि नाममा रहेको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोलाई सक्दो माया र शेयर गरिदिन हुन टिमले सम्पुर्ण गीत संगीत प्रेमीलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here