काठमाडौ / भारतको छत्तिसगढको विजापुरमा माओवादी विद्रोहीसँगको भिडन्तमा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ। शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा उनीहरुको मृत्यु भएको हो ।
भिडन्तमा परी १२ सुरक्षाकर्मीहरु गम्भीर घाइते भएका छन्। उक्त स्थानमा एक महिलाको शव पनि फेला परेको जनाइएको छ।
‘सुकम र बिजापुर जिल्लाका सुरक्षाकर्मीले विद्रोहीको खोजी गरिरहेका थिए। तर्रेम र सिलगेर जंगलको इलाकामा लुकेका माओवादी विद्रोहीले एक्कासी आक्रमण गरेका हुन्,’ समाचारमा भनिएको छ।
घटनमा घाइते भएकाहरुको उद्धार गर्न हेलिकोप्टर पठाइएको जनाईएको छ। माओवादीहरुले कयौं स्थानमा सडक अवरुद्ध पारेका कारण हेलिकोप्टर पठाइएको जनाइएको छ।


















