भारत पुनः महामारीको विश्वकै ‘हटस्पट’ बन्दै

79

एजेन्सी । भारत पुनः एकपटक कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’ बनेको छ। पछिल्ला दिनमा भारतमा संक्रमण दर अत्याधिक छ।

शनिबार एकै दिन भारतमा ९० हजार भन्दा बढिमा संक्रमण पुष्टि भयो भने पाँच सय भन्दा धेरैको मृत्यु भयो। हाल एकै दिन यति धेरैमा संक्रमण र मृत्यु विश्वकै धेरैमा पर्छ।

कोरोना संक्रमणको दैनिक संख्याका आधारमा शुक्रबारदेखि भारतले अमेरिका र ब्राजिललाई पछि पारेको छ। गएको शुक्रबार भारतमा झण्डै ६९ हजारमा संक्रमण पुष्टि भएको थियो भने ब्राजिलमा झण्डै ७२ हजार संक्रमित भएका थिए।

तर शनिबार अवस्था भारतमा थप भयानक भयो । ९० हजार भन्दा धेरै संक्रमित भए भारतमा। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकै दिन संक्रमितको संख्या ९० हजार भन्दा धेरै गएको सेप्टेम्बर यता पहिलो पटक पुगेको हो।

कोरोनाका कारण हुने दैनिक मृत्युको संख्या पनि अहिले गएको नोभेम्बर–डिसेम्बर ताकाको जस्तो भएको छ। अहिलेसम्म ६४ हजार ११० भारतीयको कोभिड–१९ का कारण ज्यान गएको छ।

कुल संक्रमितको सूचिमा भारत तेस्रो स्थानमा छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतले संक्रमित संख्यामा कुनै पनि समय ब्राजिललाई पनि उछिन्न सक्ने छ।

अमेरिकामा अहिलेसम्म तीन करोड ६ लाख ७१ हजार चार, ब्राजिलमा एक करोड २९ ला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here